दोलखामा मलामी बोकेका बोलेरो गाडी दुर्घटना १४ जना घाइते
(ABC-Sanchar)
दोल्खा । जिल्लाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरे गाडी दुर्घटना भएको हो ।दुर्घटनामा परेर स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका १४ गाउँले घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।