२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

CIB ले नक्कली लाइसेन्स प्रकरणमा ५ जना कर्मचारीसहित ११ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ ।

१५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् ।

यसको अघिल्लो दिन बुधबार इलाका प्रशासन कार्यालय सल्यानमा कार्यरत कम्युटर अपरेटर (नासु) गणेश भण्डारी पक्राउ परेका थिए । नक्कली लाइसेन्स बनाउनेमा उनीहरुको भूमिका देखिएपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

यसअघि २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी र वसन्त पाण्डेलाई पक्राउ गरेको थियो । चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।

प्रहरीले १५ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ गरेको थियो ।

अर्याल र भट्टलाई पक्राउ सुरु गरेर अनुसन्धान गरिएको थियो । पछि यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!