(ABC-Sanchar)
काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय रूपैयाँ बढी हो।
शुक्रबार भने सुनको मूल्य घटेको थियो। उक्त दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ घटेको हो।
शुक्रबारको तुलनामा भने आज सुनको भाउ प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।