२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको यात्रामा नेपालीहरु

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ ०७, २०८१

(ABC-Sanchar)
काठमाडौं । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात ७ थियो । विभागको तथ्याङ्क अनुसार गत आवको वैशाख सम्म वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २ सय ५५ जनाले देश छोडेका थिए ।

विभागका अनुसार वैशाखमा १६ हजार ९ सय ४९ जना मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ हजार ५ सय १२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।

त्यस्तै जापानमा १ हजार २९८ जना, रोमनियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २ सय
३५ र कात्तिकमा ४३ हजार ६ सय २२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २ सय १ र पुसमा ६५ हजार ८ सय १३ जना रोजगारीका लागि विदेश गएका छन् । त्यस्तै माघमा ६२ हजार १ सय ४७ जना, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

error: Content is protected !!