(ABC-Sanchar)
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।
थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो । उनलाई प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुष लैजाने तयारी गरिएको छ । सिरोहियाले आफुलाई प्रतिसोध साँध्दै पक्राउ गरिएको बताएका छन् ।