१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

पत्रकार सबिन प्रियासनद्वारा मेयरमा उम्मेदवारी घोषणा,

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २८, २०८३

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । घोराही र तुलसीपुर मिलाएर महानगर बनाउने चर्चा चलेपछि घोराही निबासी सबिन प्रियासनले महानगर वा उपमहानगर भएपनि आफ्नो उम्मेद्वारी फिक्स रहेको बताउनुभएको छ । उहाँले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ-`
चाहे महानगर होस, यात उपमहानगर मेरो उमेद्ववारी फिक्स हो ।´ प्रियासनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेपछि यो कुरा भाइरल नै बनेको छ। उहाँले पोस्ट गरेको भनाइमा सयौं व्यक्तिले सकारात्मक कमेन्ट गर्दै शुभकामना समेत दिएका छन्। प्रियासन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष हुँदा दाङलाई आवश्यक परेका विषयवस्तुमा बलियो तरिकाले आवाज उठाउनुका साथै ती योजनाहरूलाई सार्थक बनाउनुभएको थियो । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका प्रियासनले लेख रचना मार्फत दाङलाई कस्तो बनाउने भन्ने अवधारणाहरू पनि सार्वजनिक गरिरहनु भएको छ ।
यस विषयमा उहाँसँग प्रतिक्रिया लिँदा प्रियासनले भन्नुभयो – म दाङ बनाउन धेरै अघिदेखि नै लागि परेको छु। अब नेतृत्वमै गएर केही गर्ने सोच छ । जनताले जिताउनु भएछ भने म उहाँहरुलाई निराश हुन दिने छैन । दाङलाई नेपालमै अब्बल बनाउनको लागि सृजनशील योजना सहित काम गर्नेछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]