२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पत्रकार सबिन प्रियासनद्वारा मेयरमा उम्मेदवारी घोषणा,

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २८, २०८३

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । घोराही र तुलसीपुर मिलाएर महानगर बनाउने चर्चा चलेपछि घोराही निबासी सबिन प्रियासनले महानगर वा उपमहानगर भएपनि आफ्नो उम्मेद्वारी फिक्स रहेको बताउनुभएको छ । उहाँले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ-`
चाहे महानगर होस, यात उपमहानगर मेरो उमेद्ववारी फिक्स हो ।´ प्रियासनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेपछि यो कुरा भाइरल नै बनेको छ। उहाँले पोस्ट गरेको भनाइमा सयौं व्यक्तिले सकारात्मक कमेन्ट गर्दै शुभकामना समेत दिएका छन्। प्रियासन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष हुँदा दाङलाई आवश्यक परेका विषयवस्तुमा बलियो तरिकाले आवाज उठाउनुका साथै ती योजनाहरूलाई सार्थक बनाउनुभएको थियो । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका प्रियासनले लेख रचना मार्फत दाङलाई कस्तो बनाउने भन्ने अवधारणाहरू पनि सार्वजनिक गरिरहनु भएको छ ।
यस विषयमा उहाँसँग प्रतिक्रिया लिँदा प्रियासनले भन्नुभयो – म दाङ बनाउन धेरै अघिदेखि नै लागि परेको छु। अब नेतृत्वमै गएर केही गर्ने सोच छ । जनताले जिताउनु भएछ भने म उहाँहरुलाई निराश हुन दिने छैन । दाङलाई नेपालमै अब्बल बनाउनको लागि सृजनशील योजना सहित काम गर्नेछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!