(ABC-Sanchar)
काठमाडौं । भारतको मौसम विभागले जनाएको छ । राजस्थान, पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा चार दिनका लागि तातो हावा लु चल्ने विभागले जनाएको छ । जम्मु–काश्मिर, हिमाचल प्रदेश, गुजराज, मध्य प्रदेश, दिल्ली र महाराष्ट्रमा पनि ’लु’को चेतावनी दिइएको छ ।
राजस्थानमा तापक्रम ५० डिग्रीसम्म पुग्ने अनुमान छ । राज्यका १९ शहरमा हिजो तापक्रम ४५ डिग्रीभन्दा माथि पुगेकोे थियो । अत्यधिक गर्मीका कारण राजस्थानको बालोतरा जिल्लाको निर्माणाधीन रिफाइनरीमा काम गरिरहेका एक श्रमिकको मृत्यु भएको छ ।