१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एआईजी पौडेलद्वारा स्वागत तथा सम्मान

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ १२, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाईएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट IG APF Commendation द्वारा सम्मान समेत गरिएको छ ।

“Elite Expede Nepal APF Everest Expedition 2024’’ नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रा.लि. मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

error: Content is protected !!