२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भातरको गुजरातमा गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । गुजरातको राजकोट सहरको मावारोडस्थित टिआरपी गेम जोनमा शनिबार आगलागी हुँदा २७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा बालबालिकाहरू समेत छन्।

गेम जोनमा आगलागी भएको खबर त्यहाँको प्रहरीले अपराह्न साढे ४ बजे पाएको थियो।

त्यहाँ थुप्रै बालबालिका र उनीहरूका अभिभावकहरू थिए। अपराह्न साढे ४ बजे ग्राउन्ड फ्लोरबाट आगलागी सुरू भएको र केही बेरमै फैलिएको थियो।

प्रहरीले आगलागीको सूचना पाउनासाथ त्यहाँ दमकल परिचालन गरिएको थियो। आगलागी सुरू भएको तीन घन्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो भने ६ घन्टासम्म उद्धार कार्य चलेको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]