२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

एक किलो कोकिन सहित १ जना कंगोकी महिला पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले १ किलो १०१ ग्राम कोकिनसहित एक जना महिलालाई गत शुक्रबार पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया महिला अपुला एकुत्शु बोंगो छिन्। उनी जेठ ४ गते दुबईबाट काठमाडौं आइपुगेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पिछा गरी उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनी काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेलस्थित एक होटलमा बसिरहेकी थिइन्।

उनको गतिविधि शंकास्पद भएपछि त्यहाँ पुगेर प्रहरीले खोजी गर्दा ह्याण्ड ब्याग भित्र झोलामा लुकाएर राखेको ८५ वटा प्लाष्टिक र्‍यापिङ गरिएको क्याप्सुल फेला परेको थियो।

उनले उक्त क्याप्सुल निलेर पेटभित्र लुकाएर ल्याएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए।

उनीबाट बरामद भएको १ किलो १०१ ग्राम कोकिन अवैध बजारमा अन्दाजी ३ करोड ८५ लाख रुपैयाँ पर्ने ब्युरोले जनाएको छ।

उनीमाथि प्रहरीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

error: Content is protected !!