२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मुग्लिन सडकमा ४ वटा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु २३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ १४, २०८१

(ABC-Sanchar)
चितवन । भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ। मृतक अन्दाजी १६/१७ वर्षका किशोर छन् । उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। मृतक किशोरको परिचय खुलिसकेको छैन।

दुर्घटनामा चार वटै गाडीका चालकसहित २३ जना घाइते भएको डिएसपी रिजालले जानकारी दिए।

घाइते २३ जनामध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

उनीहरूमध्ये ५ जनाको अवस्था गम्भीर रहेको डिएसपी रिजालले जानकारी दिए।
ट्रकका चालक सिन्धुपाल्चको भोटेकोशी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन्। उनी जिल्ला प्रहरी चितवनको नियन्त्रणमा छन्।

डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

चारवटा गाडी ठोक्किँदा नारायणगढ-मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]