२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

दाङमा लागुऔषध ब्राउन सुगर नगद रकम सहित २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १५, २०८१

ABC (क्राईमबिट)
दाङ । सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने महमद अजाद खाँका छोरा अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही ठाउँ बस्ने मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेका छन् ।

उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, १ लाख ३९ हजार ५ सय रुपैँया नगद, ५ थान मोबाइल (स्क्रीन टच ४ थान र एक थान सादा) र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!