२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सरकारले चुरोटको शुल्क बढायो

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ १६, २०८१

(ABC-Sanchar)
काठमाडौं । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत अन्तःशुल्क बढाएका हुन् ।

सुर्ती भएको सिगार सहित सबै प्रकारका सिगारको अन्तःशुल्क प्रतिखिल्ली १ रुपैयाँले बढाएर ३१ रुपैयाँ पुर्‍याएको छ ।

यस्तै फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ पुगेको छ ।

फिल्टर भएको चुरोटमा ७० मिलिमिटरसम्म लम्बाइको प्रति एम ५० रुपैयाँ अन्तशुल्क बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ ।

७० देखि ७५ मिलिमिटरसम्म लम्बाइको चुरोटको अन्तःशुल्क प्रति एम ७० रुपैयाँ बढेर २ हजार ३ सय ७० पुगेको छ ।

८५ मिलिमिटरभन्दा बढी लम्बाइ भएको चुरोटमा अन्तःशुल्क प्रति एम २ सय रुपैयाँ बढेर ४ हजार २ सय पुगेको छ । तयारी बिँडीको अन्तःशुल्क प्रति एम २ रुपैयाँ बढेर ९६ रुपैयाँ पुगेको हो ।

सुर्तीको अन्तःशुल्क प्रतिकिलो २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुग्दा जर्दा खैनी, गुट्खा लगायत सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो अन्तःशुल्क ३० रुपैयाँ बढेर ८ सय ८० पुगेको छ ।

हुक्काको अन्तःशुल्क प्रतिकिलो १०० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ पुगेको हो । त्यस्तै विद्युतीय चुरोट (भेप) लगायतका अन्य निकोटिन भएका वस्तुमा ४० प्रतिशत अन्तःशुल्क लगाउने भएको छ । हाल भेप लगायतका निकोटिन भएको अन्य वस्तुमा प्रतिकिलो ४ सय ७५ रुपैयाँ अन्तःशुल्क रहेको छ ।

परफ्युम तथा पसिना रोक्ने वस्तुमा अन्तःशुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!