२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

३ जना डिआईजिको सरूवा काठमाडौं उपत्यका प्रहरी रानीपोखरीमा डिआईजी : शर्मा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका बढुवा भएका ४ जना डिआइजीको पदस्थापन र तीन जना डिआइजीको सरूवा भएको छ।

यही जेठ १३ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका चार जनालाई पदस्थापन गर्ने निर्णय बुधबारको गृहमन्त्रीस्तरीय बैठकले गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा रहेका डिआइजी कृष्णहरि शर्मा पोखरेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।

डिआइजी दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ।

डिआइजी मनोजकुमार केसीको विशेष ब्युरोमा र राजन अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ।

त्यस्तै डिआइजी रामदत्त जोशीलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरूवा गरिएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका लालमणि आचार्यलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाइएको छ।

अर्जुन ठकुरी चन्दलाई कर्णाली प्रदेश प्रमुख बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!