०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

३ जना डिआईजिको सरूवा काठमाडौं उपत्यका प्रहरी रानीपोखरीमा डिआईजी : शर्मा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका बढुवा भएका ४ जना डिआइजीको पदस्थापन र तीन जना डिआइजीको सरूवा भएको छ।

यही जेठ १३ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका चार जनालाई पदस्थापन गर्ने निर्णय बुधबारको गृहमन्त्रीस्तरीय बैठकले गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा रहेका डिआइजी कृष्णहरि शर्मा पोखरेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।

डिआइजी दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ।

डिआइजी मनोजकुमार केसीको विशेष ब्युरोमा र राजन अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ।

त्यस्तै डिआइजी रामदत्त जोशीलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरूवा गरिएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका लालमणि आचार्यलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाइएको छ।

अर्जुन ठकुरी चन्दलाई कर्णाली प्रदेश प्रमुख बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!