२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृह मन्त्रालयले १६ जिल्लाका सीडीओहरूको सरुवा गर्‍यो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

(ABC-Sanchar)
काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ । धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ । भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]