२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लाइसेन्स बनाई दिन्छु भन्दै रकम असुली ठगी गरेको आरोपमा ८ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ २३, २०८१

(रोशन निधि)
रौतहट । जिल्ला प्रहरीकार्यालयले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी र असुली कार्यमा संग्लन ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ जना तेसैगरि गौर बाट २जनालाई नियन्त्रणमा लिएको छ।

विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । माधवनारायण नगरपालिका वडा नाे.७ लौकाहा गाउँ बस्ने बर्ष ५२ को रामनाथ माझी, ३२ बर्षीय प्रकाश माझी, गरुडा नगरपालिका ९ गेडहीगुठीका २५ बर्षीय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर ५ शिवनगरकाे ७१ बर्षीय मुगलाल महरा, वडा नम्वर ९ का ४५ बर्षीया रामकली देवीलाई पक्राउ गरेको छ।

गरिव असहाय विपन्न समुदायकाे मानिसहरुलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्ने गरेको उजुरीकाे आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटकाे प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता एलिजा गिरीका अनुसार माधवनारायण नगरपालिका–८, रजवडा टोलका स्थानीय विपन्न वर्गका मानिसहरूलाई आवास बनाइदिछु भन्दै रकम ठगी गरेको पाइएपछि नियन्त्रणमा लिएको हो । मधेश प्रदेशको सहरी विकास मन्त्रालयबाट गरिब र विपन्न वर्गका घर परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको भनी विभिन्न प्रलोभन देखाई प्रतिघर दश हजारदेखि चालीस हजार रुपैयाँसम्म रकम उठाएको छ भन्ने आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

तेसैगरि जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै रकम असुल्ने गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालय गौरबाट सेवाग्राहिलाई सवारी लाईसेन्स बनाई दिने भन्दै रकम मागेको आरोपमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
राजदेवी नगरपालिका वडा नं. २ स्थित रहेको ट्रायल सेन्टरमा पुगेर परीक्षामा उर्तिण गराई लाइसेन्स बनाइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ । उनीहरुले १० हजारदेखि ३० हजार सम्म असुल्ने गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको सवारी चालक अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्य हुदै आएको छ ।

कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएकाले बिचौलियाहरुसँग सम्पर्क नगर्न र प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]