(रोशन निधि)
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण गरेको लगतै जनकपुरधामको मुजेलियास्थित रहेको शहिद गेटमा शहिदहरु प्रति माल्यअपर्ण गरी मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्दै विभिन्न किसिमका निर्णयहरु गर्नुभएको थियो ।
मुख्यमन्त्री सतिश सिंहले गर्नुभएको निर्णयहरुमा संघीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्र नारायण सिंह र रामराजाप्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने मधेशका १३६ पालिकाका हरुमा१२ सय ७१ वडामा बाँझो रहेको जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडल लागू गर्ने एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने मधेशका हरेक जिल्लाहरुमा नमुनाको रुपमा एक–एक खुल्ला शैक्षिक पार्क तयार गर्ने बताएका हुन ।
तेसैगरि मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउनको लागि आफ्नै डिजिटल तथ्याङ्क बैंकको स्थापना गर्ने वैदेशिक रोजगारीबाट फिर्ता आएका हरुलाई श्रम बैंकको रुपमा उपयोग गरी शिप तथा रोजगारको विकास गर्ने निर्णय उहाँले गर्नुभएको छ ।यसका साथै मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने खोजमुलक पत्रकारिता प्रर्वद्वनका लागि प्रदेशको मिडिया साझेदारी कार्यक्रम गर्ने र दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरुको सुर्छाको लागि दुर्घटना बिमा गर्ने मधेशमा प्रदेशमा गौरवको आयोजनाका रुपमा खेलकुदको रङ्गशाला निर्माण गरी प्रदेश स्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय मुख्यमन्त्री सतिश सिंहले गर्नुभएको छ ।
मधेश सरकारको आउन लागेको नीति तथा कार्यक्रममा यि सम्पूर्ण विषयहरु समावेश गरिने जानकारी पत्रकारहरुलाई गराउनु भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानि गर्नुहुँदै उहाँले सङ्घीयतामाथि भइरहेकाे प्रहार भ्रष्टचार न्यूनीकरण आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभयो । उनलेआफ्नो पार्टीसँग धेरै मन्त्रालय नरहेपनि अभिभावकको जिम्मा पाएकाेले सबै दललाई मिलाएर कामहरु गर्न आफु केन्द्रित हुने बताउनुभएको छ ।
आजै मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद समेत विस्तार गरेपछि १० जना मन्त्री र ३जना राज्यमन्त्रीले सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योगवाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा बेची लुंगेलीले शपथ ग्रहण गरे पश्चात पदभार ग्रहण गर्नुभएको छ ।
त्यसैगरी, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानुन मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागिए राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खंगले सपथ ग्रहण गरेका हुन।