२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङ र रुपेन्देहीमा बिहीबारदेखि गर्मी घट्ने सोमबारदेखि बर्षाको संभावना

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(ABC-Sanchar)
बुटवल । शनिबार पछि मात्रै दाङ र रुपन्देहीमा बर्षाको संभावना देखिएको छ जल तथा मौसम बिज्ञान बिभाग भैरहवाका प्रमुख बरिष्ठ मौसम बिद बरुण पौडेलले दाङ र रुपेन्देहीमा शनिबार पछि आइतबार वा सोमबारसम्म बर्षाको संभावना रहेको बताए ।

तर, लुम्बिनी प्रदेशकै बाँकेमा भने त्यसपछि मात्रै बर्षाको संभावना रहेको जानकारी दिए ।

बाँके र सुदुरपश्चिमको धनगडीमा दाङ पछि केही दिन पछि मात्रै बर्षा हुने देखिएको पौडेलले बताए ।

दाङ र भैरहवामा बाँकेको भन्दा तुलनात्मक रुपमा कम गर्मी रहेको र अब बिहीबारदेखि दाङको तापक्रम घट्ने क्रम सुरु भएपछि त्यसको थोरै प्रभाव बाँकेमा पनि पर्ने र तापक्रम घट्न सक्ने संभावना रहेको छ ।

पूर्वी नेपालमा भित्रिएको मौसम कमजोर हुँदा त्यो पश्चिम पुग्न ढिलाइ हुनु तथा बायूमण्डलमा आद्रदा बढी हुनु जस्ता कारणले पश्चिम नेपालका तराइका जिल्लाहरुमा यो बर्ष लामो समय गर्मी भएको तथा तातो हावा चलेको पौडेलले बताए ।

लामो समयको खडेरीका कारण मुलहरु सुक्न थालेका छन् । सहर बजारमा बजारमा खानेपानीको हाहाकार हुन थालेको छ । किसानले छरेका मकै बारीमै सुक्न थालेको छ भने धानको ब्याडपनि सुक्ने अवस्थामा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!