२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालमा थरीथरीका रंगीचंगी आँप औषधी हालेको आँप नखान डाक्टरको अनुरोध

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । अहिले बजारमा स्वदेशीका साथै विदेशी विशेषतः भारतबाट आयात भएका आँप बेच्न राखिएको देखिन्छ ।

बजारमा अहिले दसहरी, मालदह, बम्बइ, कृष्णभोग आँप बिक्रीमा राखिएका छन् । यी मध्ये पनि सबैभन्दा धेरै माग मालदहको नै रहेको छ । कोया पनि सानो हुने र यसको आकार पनि ठुलो हुने भएकाले उपभोक्ताको रोजाइमा मालदह नै पर्ने गरेको छ ।

अहिले बजारमा मालदह आँपको थोक मूल्य प्रति ढक ४०० रुपैयाँसम्म पर्छ भने दसहरीको मूल्य प्रतिकेजी १५० सम्म पर्ने गरेको छ । बजारमा आँपको माग बढेसँगै यसको आपूर्ति पनि बढेको छ । मानिसहरू आँप फलफूलको रूपमै मात्र नभई यसलाई म्याङ्गो सेक, म्याङ्गो ट्रफल बनाएर खानको लागि किनेर लग्ने गरेका छन् ।

केही हप्ता अघिसम्म काँचो आँप पनि पाइने गरेको थियो । काँचो आँप विशेषतः अचार बनाउनको लागि प्रयोग हुने गरेको भए पनि अब आँप रुखमै पनि पाक्ने भइसकेकोले आँपका विभिन्न परिकार बनाउनको लागि प्रयोग गर्ने गरिएको छ ।

अहिले कालीमाटी तरकारी बजार र कुशेश्वरमा एक पेटी आँपको मूल्य १६०० रुपैयाँसम्म पर्ने गरेको छ । एकपेटीमा करिब १० देखि १९ केजीसम्म आँप हुने गर्छन् । काठमाडौँमा मात्रै प्रत्येक सिजनमा दैनिक रूपमा करिब ९० लाख रुपैयाँसम्मको आँप कारोबार हुने गरेको व्यापारीहरूको दाबी छ । आँपको सिजन पिकमा पुगिनसकेकोले अहिले करिब ५० लाख हाराहारीमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]