२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सर्लाही जिल्लामा भारि बर्षाका कारण जलमग्न दर्जनौं बस्तीहरु डुबानमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

(रोशन निधि)
सर्लाही । मधेस प्रदेशको सर्लाही जिल्लामा शुक्रबार बिहान २बजे देखि ९ बजे सम्म भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । लगातार परेको पानीले दर्जनौँ बस्ती डुबानमा परेकाे छ। सडक कोनिर्माण हुन्दा पानीको निकास हुने ठाँउ नभएकोले अधिकांश ठाउँहरु डुबानमा परेको देखिन्छ ।

पनि पर्दा सडकमै बाढी आउने हुन्दा मानिस हरुलाई आउजाउ गर्ने समेत समस्या झेल्नुपरेको स्थानीय बासिन्दा ले बताएकाे छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानको लच्कामा बाढी आउँदा सवारी ओहोरदोहोर गर्न समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक मदन थापाले नवलपुरस्थित बागवानी केन्द्र अगाडि र हरिवनस्थित बजारमा रहेको लच्कामा बाढी आइरहेकाले पालैपालो सवारी वारपार गराइरहेको जानकारी दिनुभएको छ । जिल्लाका भित्री सडकमा पनि बाढी आउँदा मोटरसाइकसहितका साना सवारी ओहोरदोहोरमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ।

भारी वर्षापछि जिल्लाको विभिन्न ठाँउ हरु जस्तै बागमती, बाँके, कालिन्जोर, लखन्देही, फूलजोरलगायतका खोलामा बाढी आइरहेको छ । लालबन्दी नगरपालिका वडा नाे.३ का वडाध्यक्ष वुद्धदेव चौधरीकाे अनुसार लालबन्दी नगरपालिका –३, जब्दी ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट पैदल र मोटरसाइकलबाहेक अन्य सवारी आउजाउ समेत बन्द भएको छ ।

जब्दीतर्फ पुल छेरको सडक बगाएपछि पुलबाट आवतजावत बन्द भएको वडाध्यक्ष चौधरीले बताउनु भएको छ। शुक्रबार बिहान जिल्लाको उत्तरी भेगमा सात घण्टासम्म भारी वर्षा प्स्चात भए पनि सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा मात्र भएको स्थानीय बासिन्दा ले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]