लुम्बिनी प्रदेश प्रहरी कार्यालयले धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न
(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतको प्रमुख आतिथ्यतामा २१ औँ राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने कार्यक्रमको अवसरमा जलवायु मैत्री कृषी, धान उत्पादनमा वृद्धि”।
भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको परिसरको खेतमा धान राेपाई तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।