२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकहरु प्रदर्शनमा

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ १५, २०८१

दाङ । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन्।

श्रमिकहरुले न्यूनतम पारिश्रमिक, बैंक खातामा तलब भुक्तानी, सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् ।

उनीहरुले सरकारले दैनिक ६६८ रुपैयाँ न्यूनतम ज्याला तोकेको भए तापनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी वर्षौंदेखि प्रति व्यक्ति प्रतिदिन २०० रुपैयाँसम्म ठगी गरेको दाबी गरेका छन् ।

श्रमिकहरूले सप्लायर्स कम्पनीले बैंक खातामा तलब नदिई हाल प्रतिदिन ५०० रुपैयाँको दरले मात्र दिने गरेको बताएका छन् ।

आन्दोलनको अगुवाइ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको २५ करोड रुपैयाँ भन्दा बढी ठगी गरिएको तथ्यांक पाएको बताए ।

घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले श्रमिक सप्लायर्स कम्पनीले न्यूनतम पारिश्रमिक दिन तयार नभएको बताए । उनले यस्तो अवस्था कायम रहे उद्योग बन्द गराउने चेतावनी दिए।

श्रमिकहरूले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता जस्ता सुविधाहरू नपाएको गुनासो गरेका छन्। साथै, स्थानीय बासिन्दाले उद्योगले वातावरण प्रदूषणबाट जोगाउन मापदण्ड पूरा नगरेको र यसले स्थानीयवासीको स्वास्थ्यमा जोखिम पुर्‍याएको चिन्ता व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!