२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध र श्रोत नखुलेको रकम पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, आषाढ १५, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरुवा भन्सार मेनगेट स्थित प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले चेकजाँचको क्रममा दुईवटा अलग(अलग घटनामा प्रतिबन्धित लागुऔषध गाँजा र श्रोत नखुलेको रकम बरामद गरेको छ।

पहिलो घटनामा, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय ईमताज आलमलाई नियन्त्रणमा लिइएको छ। उनी यात्रुबाहक अटोमा भारततर्फ जाँदै गर्दा, उनको झोलामा प्लास्टिकले बेरिएको अवस्थामा ५ केजी ७२० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनरवामा बुझाइएको छ।

यसै गरि वीरगञ्ज महानगरपालिकाका ४५ वर्षीय दिपक कुमार कलवारलाई भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गर्दा चेकजाँच गरिएको थियो। उनको साथबाट श्रोत नखुलेको नेपाली २ लाख रुपैया फेला परेकोले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!