२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङ ट्राफिकले सवारी साधन नियमन गर्दै सवारी चेकजाँचमा तीब्रता ट्राफिक प्रमुख शाही

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १७, २०८१

दाङ । घोराही ट्राफिक प्रहरीले सवारी जाँचमा कडाई गरेको दाबी गरिरहे पनि जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन । सवारी दुर्घटनामा परेर पछिल्लो पाँच वर्षमा तीन सय ५१ जनाको मृत्यु भएको छ भने घाइते र अंगभंग हुनेहरुको संख्या ठूलो छ । अधिकांश दुर्घटनामा चालकको अटेरी र लापरवाही देखिने गरेको छ ।

सवारी साधन दुर्घटनाका कारण चालु आर्थिक वर्षको हालसम्म दाङमा ९३ जनाको मृत्यु भएको छ भने २ सय ३७ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । सवारी दुर्घटनाका कारण यस अवधिमा १ सय १२ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस आर्थिक वर्षमा जिल्लामा २ सय ७३ वटा सवारीका साधन दुर्घटनामा परेका छन् भने दुर्घटना हुनेमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या १ सय ६९ रहेको छ । यस आर्थिक वर्षमा १९ हजार ७ सय ३४ वटा सवारी चालक नियम पालना नगरेका कारण कारवाहीमा परेका छन् । यस्तो कारवाहीबाट १ करोड ५९ लाख ४८ हजार ७ सय २ रुपैयाँ राजस्व संकलन ट्राफिक प्रमुख शाहीले जानकारी दिनुभयो ।

दाङमा सवारी दुर्घटनाका कारण मृत्यु हुनेहरुको संख्या वर्षेनी बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय दाङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ औं महिना चलिरहँदा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा यसरी मृत्यु हुनेको संख्या ४८ थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ८१ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए भने २०७७÷०७८ मा यसरी मृत्यु हुनेको संख्या ६५ थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा सवारी दुर्घटनामा परेर दाङमा ६४ जनाले ज्यान गुमाउनु परेको थियो ।

सवारी जाँचमा तीब्रता

चालकहरुलाई ट्राफिक नियमको पालना गराई दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी जाँचमा तीब्रता र कडाई गरेको जनाएको छ । ट्राफिक प्रहरीले सवारी साधन दुर्घटनालाई न्यूनीकरणका लागि पहिलो काम जाँचलाई प्राथमिकता दिएको ट्राफिक प्रमुख राजेश शाहीले बताउनुभयो । सबैभन्दा धेरै चालककै लापरवाहीले गर्दा सवारी साधन दुर्घटना हुने गरेको भन्दै उहाँले चालकलाई सचेत पार्ने र जरिवाना गर्ने गरिएको बताउनुभयो । सवारी साधन जाँचमा गरिएको कडाईले दुर्घटना न्यूनीकरण हुँदै गएको उहाँको दावी छ । हाल जिल्लाभरका २८ स्थानमा नियमित सवारी साधनको जाँच हुने गरेको, सवारी जाँचलाई बढाएपछि कारवाहीमा पर्नेहरुको संख्यामा पनि बृद्धि भएको उहाँको भनाई छ । जाँचलाई नियमित र कडाई गर्दा दुर्घटना र क्षतिमा पनि कमी आएको शाहीले बताउनुभयो । प्रहरीले पार्किङ व्यवस्थान, मोडिफाई गरेका मोटरसाइकल नियन्त्रण, क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिने, भाडा दर टाँस गर्नेलगायतका काममा चासो दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!