काठमाडौं । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ८० पैसा र बिक्रीमा १६९ रूपैयाँ ५६ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ३२ पैसा र बिक्रीमा १६९ रूपैयाँ ०८ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रूपैयाँ २८ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रूपैयाँ २८ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।