२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कसलाई जोगाउनका लागि रातारात परिवर्तन नयाँ भयो सरकार : लामिछाने

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १८, २०८१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो भनेर प्रश्न गरेका छन्।

सिंहदरबारमा भएको पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले यस्तो बताएका हुन्।

सुशासनका लागि केही मानिसहरु पक्राउ गर्दा देशलाई संकट नपर्ने भन्दै उनले नेपाली जनतालाई यसलाई राम्रोसँग बुझेर मूल्याङ्कन गर्ने बताए।

‘आज के संकट आइलाग्यो? सुशासनका लागि केही मानिसहरु पक्राउ परे। यो देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको संकट थियो? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र!’

आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको भन्दै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो भन्दै प्रश्न गरे।

उनले थपे, ‘फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो। यसलाई के भन्नु र मैले। बेचैनीको अर्को के अर्थ होला? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको?’

लोकतन्त्रका लागि पनि बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त भएको भन्दै उनले नयाँ सत्ता समीकरणमा रास्वपा सहभागी नहुने स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!