२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सलमान खानलाई जसरी पनि हत्या गर्ने षड्यन्त्र रचिएको दाबी

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १८, २०८१

काठमाडौं । नयाँ दिल्ली बलिउड स्टार सलमान खानको घरमा गएको अप्रिल १४ मा गोलबारी भएको थियो । यस मामिलामा प्रहरीले तुरुन्तै छानबिन सुरु गर्‍यो । अनि एकपछि अर्को गर्दै आरोपीहरूलाई पक्राउ पनि गरियो ।

यस मामिलामा छानबिन गरिरहेको मुम्बई प्रहरीले लरेन्स विश्नोई ग्याङका पाँच आरोपी विरुद्ध अभियोग पत्र दायर गरेका छन् । उनीहरूले पन्जाबी गायक सिद्धू मूसेवालालाई मारे जस्तै गरी सलमान खानलाई मार्ने योजना बनाएको दाबी गरिएको छ ।

सलमानलाई मार्न २५ लाखको सुपारी

चार्जसिटका अनुसार बिश्नोई ग्याङले सलमान खानलाई मार्न २५ लाखको सुपारी दिएको प्रहरी अधिकारीले बताएका छन् । आरोपीहरूले पाकिस्तानबाट अत्याधुनिक हतियार एके ४७, एके ९२ र एम १६को साथसाथै टर्कीमा बनेको जिगाना पेस्तोल पनि किन्ने तयारी गरिरहेका थिए । सिद्धू मूसेवालालाई मार्न पनि जिगना पेस्तोलकै प्रयोग गरिएको थियो ।

सलमानको हरेक चालमाथि नजर

प्रहरीले चार्जसिटमा बताएअनुसार सलमानलाई मार्ने षडयन्त्र सन् २०२३ को अगस्टदेखि सन् २०२४ को अप्रिलबिचमा रचिएको थियो । सलमान खानको हरेक क्रियाकलापमाथि निगारनी गर्न ६० देखि ७० जनालाई खटाइएको थियो । यी सबै जनाले मुम्बईस्थित सलमान खानको घर, पनवेलमा रहेको फार्म हाउस र गोरेगाउँको फिल्म सिटीमा सलमानको हरेक गतिविधि नियालिरहेका थिए ।

अभिनेतालाई मार्न आरोपीहरूले १८ वर्षभन्दा कम उमेरका केटालाई भाडामा लिएका थिए । सबै शूटरहरूले गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश कुरिरहेका थिए । अर्डर पाएपछि उनीहरू पाकिस्तानबाट आएको अत्याधुनिक हतियार प्रयोग गरेर सलमानलाई मार्नेवाला थिए । शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए ।

प्रहरीले यस मामिलामा जुन ४ मा सलमान खान र उनका भाई अरबाज खानको पनि बयान लिएको छ । सलमानको बयान ९ पेजको र अरबाजको बयान ४ पेजको भएको बताइएको छ । घटनाको रात आफ्नो घरमा पार्टी भएको सलमान बताएका छन् । पार्टीका कारण आफू ढिलो सुतेको अनि गोलीको आवाजले ब्युँझिएको अभिनेताले बयानमा भनेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]