२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ २०, २०८१

(एबिसि संचार )

बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले बुधबार इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सिवाकोटीमाथि स्वयम्भूस्थित आफ्नै घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।बालिकाको उजुरीपछि प्रहरीले गएको जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकाले आफूलाई शिवाकोटीले विगत तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लगाएकी छिन् ।

उनी ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्न बसेको पाइएको छ । बालिकाले काठमाडौँ जिल्ला अदालतमा शिवाकोटीले १० वर्षको उमेरदेखि १३ वर्षको उमेरसम्म आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् ।

शिवाकोटीको अत्याचार सहन नसकेपछि बालिकाले गएको जेठ २३ गते काठमाडौँ महानगरपालिकाको महानगर बाल अधिकार समितिका एक सदस्यलाई फोन गरेर उद्धारका लागि आग्रह गरेकी थिइन् ।

बालिकाको सूचना अनुसार महानगरको टोलीले सोही दिन शिवाकोटीको घरमा पुगेर बालिकाको उद्धार गरेको थियो ।
शिवाकोटीले श्रीमती नभएको बेलामा आफूलाई जबर्जस्ती करणी गर्ने गरेको बालिकाको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]