२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

केन्द्रमा कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ २०, २०८१

दाङ । देउखुरी भालुवाङ २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् ।

हामी आन्तरिक छलफलमा छौं, आज वा भोलि एमालेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिन्छन्,´ एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने, `केन्द्रबाट पनि निर्देशन आउला, हिजो साँझ मात्रै संघ सरकारका मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रको सर्कुलर आउने बित्तिकै लुम्बिनी सरकार छाड्छौं ।´

गठबन्धन फेरिएसँगै लुम्बिनीमा नयाँ सरकार बनाउनेबारे कांग्रेससँग छलफल चलिरहेको उनले बताए । हामी सरकारबाट बाहिरिएपछि र मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि कांग्रेस-एमालेको संयुक्त बैठक बस्ने तयारीमा रहेको उनले बताए ।

प्रमुख सत्ता साझेदार दल एमालेले केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने समझदारी गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!