२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा फरार अपराधी पक्राउ गर्न गएको प्रहरीलाई आक्रमण गरेपछी गोलि चलाएर पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २०, २०८१

ABC (क्राईमबिट)
बाँके । फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि बाँकेको सिखनपुरुवामा प्रहरीले गोली चलाएको छ । भने फरार अपराधीलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका सरमानसिंह सरदारलाई पक्राउ गर्न पुग्दा आफन्त तथा स्थानीयले अवरोध गरेका थिए । उनी ११ वर्ष देखि फरार थिए । सरमानसिंहलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरी माथि ढुंगा र इट्टा प्रहार गरेर अवरोध गरेका थिए ।

स्थानीयको अवरोधका बीच सरमान सिंह हत्कडी सहित फरार भएका थिए । त्यसक्रममा प्रहरीले तीन राउण्ड गोलि चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । उनको घुटामा गोलि लागेको छ ।

उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले थप प्रहरी परिचालन गरेर उनलाई पक्राउ गर्न सफल भएको डिएसपी डाँगीले जानकारी दिए । स्थानीयले ढुंगा र इट्टा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगीसहित केही जवानहरु घाइते भएका छन् । मदनको टाउको, हात र शरीरको पछाडी भागमा चोट लागेको छ। उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]