२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग र समर्थन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने अडान लिएका छन् । सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ भनेलगत्तै सरकार छाड्ने उद्घोष गरेको अर्को सत्ता घटक रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेपछि आफ्नै निर्णयबाट पछि हटेका छन् ।

प्रधानमन्त्रीलाई राजीनामा बुझाउन रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पार्टीका दुई उपसभापति र संसदीय दलका प्रमुख सचेतकलाई लिएर बिहीबार बिहान बालुवाटार पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीसँग भएको छलफलपछि लामिछाने तत्काल सरकार नछाड्ने निचोडमा पुगेका हुन् । प्रधानमन्त्रीले एकीकृत समाजवादीलगायत सरकारमा सहभागी अन्य दललाई समेत विश्वासको मत लिने बेलासम्म समर्थन फिर्ता नलिन आग्रह गरिरहेका छन् ।

कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीलगायतका विषयमा ७ बुँदे समझदारी भएको थियो । दुई दलबीच समझदारी भएको तर हस्ताक्षर भइनसकेको अवस्थामा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई समानान्तर रूपमा प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । कांग्रेस र एमालेबीच समझदारी बनेको खबर बाहिरिएलगत्तै देउवालाई पार्टीका उपमहासचिव जनार्दन शर्मामार्फत प्रस्ताव पुर्‍याएका थिए भने ओलीसँग आफैंले वार्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!