२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै त्यसको असर प्रदेश सरकारमा पर्‍यो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

दाङ । नेकपा एमालेले केन्द्रमा वर्तमान गठबन्धन डोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने समझदारी गरेसँगै त्यसको असर प्रदेशमा पनि देखिको हो ।

केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट समेत बाहिरिएकाएको हो । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा र सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका लुम्बिनीका मुख्यमन्त्री महराले ९ साउनभित्र विश्वासको मत लिनुपर्नेछ । जसपा नेपालकी सांसद अम्बिका काफ्लेले असार ९ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा विश्वासको मत लिने तयारीमा थिए । तर, केन्द्रमा गठबन्धन नै फेरिएपछि मुख्यमन्त्री महरा संकटमा परेका हुन् । महरा मन्त्रिपरिषद्मा एमालेका पाँच मन्त्री थिए ।

माओवादी संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महराले ९ साउनभित्र विश्वासको मत लिनुपर्नेछ । तर, हालको समीकरणअनुसार महराले विश्वासको मत पाउने अवस्था भने छैन । कांग्रेस–एमालेको नयाँ समीकरणअनुसार सरकार बनाउन सिट संख्या पर्याप्त छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ । महरा गत २३ चैतमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र एकजना स्वतन्त्र गरी २८ सांसदको समर्थन थियो ।मुख्यमन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!