काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङ्गले आफ्नै कार्यकक्षमा धरानका चर्चित पत्रकार सन्जिता धमलालाई नगर प्रहरी नेपाल प्रहरी बोलाएर पक्राउ लछारपछार गरेर बाहिर निकालेका छन्।
भिडियोमा धरानका मेयर साम्पाङ्गले मेरो चरित्रहत्या सार्वजनिक रुपमा बेज्जत गरेपछि म आएको हुॅ प्रमाण दिन हैन भन्दै धमलाले जथाभावी Facebook मा स्टाटस लेखेर नागरिकको चरित्रहत्या नगर्नु भनेर उनलाई सम्झाउन खोजेकी हुन्छीन् । तर मेयर साम्पाङले तिमी र तपाई मलाई सिकाउने भन्दै बिवाद उत्पन्न भएपछी धमलालाई नगर प्रहरी र नेपाल प्रहरी लगाएर जबर्जस्ती लछारपछार गरेर बाहिर निकालेको भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भएको छ । धरान उपमहानगरपालिका मेयर साम्पाङ्गको यस्तो निन्दनीय कार्यको चौतर्फी बिरोध भएको छ ।