२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रातभर परेको झरीले देशभर ११ वटा सडकखण्ड अवरुद्ध : सडक विभाग

Logo
(ABC-Sanchar) प्रकाशित शनिबार, आषाढ २२, २०८१

कर्णाली । कालिकोटमा लेदोसहितको पहिरो खसेपछि गाडीको आवतजावत बन्द भएको छ । खाँडाचक्र नगरपालिका–२ को सेरिघाट र शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले सडक अवरुद्ध छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक पनि अझै खुल्न सकेको छैन । कालीगण्डकी करिडोरकै म्याग्दीमा पनि पहिरो गएको छ ।

भालुवाङ–लिवाङ–रोल्पा माडिचौर दारबोट जोड्ने सडक पनि पहिरोले क्षति पु¥याएको छ । कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी धरान, हिले र लघुवाघाट–खाँदबारी–किमाथाङ्का सडक पनि पहिरोले अवरुद्ध नै छ ।

काठमाण्डौ जोड्ने विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको पाटेमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । यो सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाँडामा गएराति एक बजे खसेको पहिरो हटाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!