२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अबिरल बर्षा पछि दाङको खोलाहरुमा बाढीपहिरो विभिन्न सडक खण्डमा यात्रा जोखिम पूर्ण

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

 

दाङ । सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधिन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाइ दिएको छ ।

बाढीले ह्यूमपाइप बगाइदिएपछि बैकल्पिक मार्ग मार्फत सवारी साधान संचालन गरिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकाँस सवारी साधन संचालनमा आएका बताए । सेवार खोलामा पक्की पुल निर्माणको काम यही बर्षदेखि सुरु गरिएको थियो । हालसम्म पिलर ठड्याउने काम मात्रै भएको छ ।

त्यस्तै बर्षाका कारण तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ । मोटरसाइकल लगाएत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले बताए ।

लगाएतको बर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटिय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ सतर्क रहन आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]