(एबिसि संचार ) गएरातिदेखि अविरल वर्षापछि दाङको राप्ती नदीमा आएको बाढीमा परेर एकजना बेपत्ता भएका छन् । दुईजनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।दूध बिक्री गर्न लमही गएका तीन जनामध्ये राजपुर गाउँपालिका २ का १९ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।