२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँकेको राप्ती नदी किनारामा बगाएर ल्याएका दाउरा जम्मा स्थानीयको भिड

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

बाँके । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीयहरू शनिबार दिनभर सिधनवा घाटमा व्यस्त देखिन्थे ।

नदीले माथिबाट बगाएर ल्याएका दाउराहरू स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् ।

हरेका सालको वर्षातको समयमा राप्ती नदीले बगाएर ल्याएका दाउराहरू स्थानीयले यसै गरी जम्मा गर्ने, बिक्री गर्ने तथा घरमा प्रयोग गर्ने गर्दै आएका छन् ।

शनिबार दिउँसो तीन बजेको समयमा उक्त स्थानमा डुडुवा गाउँपालिकाका राप्ती नदी नजिकका बस्तीका सयौँ स्थानीयहरूले नदीबाट दाउरा तानेर जम्मा गरिरहेका थिए ।

डुडुवा ४ का स्थानीय रमेश यादवले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले अहिलेसम्म करिब ४–५ क्विन्टल दाउरा जम्मा गरेको जानकारी दिनुभयो । यादवका अनुसार जम्मा गरेका दाउरामध्ये ठुला दाउरा नेपालगन्जसम्म लगेर बिक्री गर्ने र साना दाउराहरू घरमै प्रयोग गर्ने गरेको बताउनुभयो ।

अर्का स्थानीय बर्साती यादवले घरका सपरिवार दाउरा जम्मा गर्न आएको बताउनुभयो । उहाँले पनि जम्मा पारेका दाउरा घरमा प्रयोग गर्ने तथा बिक्री गर्ने बताउनुभयो ।

दाउरा जम्मा गर्न धेरैजसो स्थानीयहरू घरका सबै परिवारका सदस्यसहित आएका छन् । दाउरा जम्मा गर्नका लागि बालबालिका, महिला तथा पुरुषहरू व्यस्त देखिन्थे ।

दाउरा जम्मा गर्ने समयमा नदीले बगाउने जोखिम पनि उत्तिकै रहेको छ । स्थानीयहरू नदीमै पसेरसमेत दाउरा जम्मा गर्ने गर्दछन् । तर यसपटक भने सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले उनीहरूलाई नदीमा पस्न दिएका छैनन् ।

सम्भावित दुर्घटनाबाट नागरिकलाई बचाउनका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे.क्वा. बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ रहेको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको कमाण्डमा २५ जनाको तालिम प्राप्त उद्धार टोलीलाई आवश्यक उद्धार सामाग्रीसहित उक्त स्थानमा खटाएको छ ।

“हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ, अहिले नदीको सतह क्रमशः बढ्दै आएको छ, नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्नका लागि सयौँ स्थानीयहरूको भीड लागिरहेको छ ।” सशस्त्र प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “स्थानीयहरू नदीमै पसेर समेत दाउरा जम्मा गर्दैथिए, हामीले नदीमा पस्न रोकेका छौँ, कुनै दुर्घटना भइहालेमा उद्धार सामाग्रीसहित मेरो कमाण्डमा रहेको २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।”

कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने गरेको र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुने शाहीले जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!