(एबिसि संचार ) सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ ।शनिबार बेलुका ६:३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् ।