२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

एमाले नेता केपी शर्मा ओलीका बडिगार्ड सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु

Logo
(ABC-Sanchar) प्रकाशित शनिबार, आषाढ २२, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटस्थितमा सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा आज सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएका जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उहाँले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले बताए ।

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!