बाँके । राप्ती नदीमा पानीको बहाव तीव्र भए पछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।
साथै साना सवारीसाधनमा समेत रोक लगाइएको प्रहरी चौकी इन्चार्ज मोहन भडेलले बताउनु भयो । उहाँले राप्ती नदीको पानीले रोड अवरुद्ध भएपछि सवारी साधनलाई रोक लगाउनु परेको जानकारी दिनुभयो । पैदल यात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको उहाँले बताउनुभयो ।
यसैगरी बाँकेको नरैनापुर जलमग्न भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । कोदीपुर्वा, महतिनिया लगायतका गाउँ डुबानमा परेकोले उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको र अति जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।