२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रेम आलेलाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यबाट निष्काशन गर्‍यो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ २५, २०८१

काठमाडौं । एमालेसँग ‘विद्रोह’ गरेर एकीकृत समाजवादीमा आएका आलेको गतिविधि पछिल्लो समय एमालेतिर ढल्केको थियो ।

काठमाडौँमा जारी समाजवादीको दशौँ महाधिवेशनमा सहभागी नभएर आले महाधिवेशन छल्न भारत घुम्न गएका थिए । विगतमा पनि एमालेभित्र रहँदा ओली समूहमा रहेका आले त्यहाँ मन्त्री नपाएपछि अन्तिम समयमा आएर माधव नेपालको शरणमा परेका थिए । नेपालसँग आएपछि मागेकै मन्त्रालयमा मन्त्री भएका आलेको भूमिका निकै विवादास्पद रहेको थियो ।
तत्कालीन समयमा एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि उनको कार्यशैलीमाथि पदाधिकारीहरूले प्रश्न उठाएका थिए ।

केही नेताहरूले अध्यक्ष माधव नेपालको निर्देशनसमेत नमानेको र पार्टीका अन्य नेताहरू सम्पर्कमा समेत आउन नचाहेको भन्दै आलोचना गरेका थिए । अछामका एक युवकलाई अश्लील गालीगलौज गरेको र ज्यान मार्नेसम्मको धम्की दिएपछि मन्त्री आले थप विवादमा तानिएका थिए ।

पर्यटनमन्त्री हुँदा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिमा विवादमा परेका थिए । युवराज अधिकारीलाई निगमको अध्यक्ष बनाउन क्याप्टेन उद्धव घिमिरेसँग करोडौं रकम लिएको कुरा पार्टीमा रिर्पोटिङ भएको थियो । त्यसैगरी क्यानका महानिर्देशक प्रदीप अधिकारी नियुक्ति गर्दा पनि करोडौं लेनदेन भएको आरोप लागेको थियो । उनले क्यानको महानिर्देशकमा आउन चाहेका राजकुमार क्षेत्रीसँग ५ करोड बार्गेनिङ गरेको कुरा क्यानमा चर्चा छ

त्यतिबेलै क्यासिनोसँग पनि उनले पार्टीमा बुझाउनुपर्छ भन्दै करोडौं असुलेको थाहा पाएपछि पार्टी अध्यक्ष नेपालले उनलाई स्पष्टीकरण सोधेका थिए । पार्टी नेतालाई ‘ब्ल्याकमेलिङ’ गर्न उनले हरेकको फोन रेकर्ड गर्ने गरेका छन् ।

आले विवादास्पद व्यक्ति हुन् । उनको विगत र वर्तमानमाथि प्रश्नै प्रश्न छ । अहिले उनलाई एमालेले भौतिकमन्त्री दिने भन्दै आफैँले बोल्दै हिँडेका छन् । उनले प्रयोग गरेको शब्दको स्तर हेर्दा शोभनीय हुने खालको पटक्कै देखिँदैन । निम्नस्तरको अपशब्द प्रयोग गरि आले गालीगलौजमा उत्रने गर्छन । उनको विषयमा पटक–पटक पार्टीभित्र प्रश्न उठेपनि चन्दा दिएकै भरमा जोगिदै आएका थिए । तर यसपटक महाधिवेशनमा भने उनलाई कोही कसैले जोगाउन सकेनन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!