२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रुसले युक्रेनको राजधानी किभमा मिसाइल आक्रमणमा परी ४१ जनाको मृत्यु

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २५, २०८१

काठमाडौं । रुसले सोमबार कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा तीन बालबालिकासहित ४१ जनाको ज्यान गएको हो । आक्रमणबाट १ सय ८४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका छन् । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको छ ।

आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरहरुमा उल्लेख छ ।

हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो । किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले जनाएको छ ।

पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!