२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अबिरल बर्षाका कारण ६ दिन देखि अवरूद्व मुगुको हवाई उडान सुचारू

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २५, २०८१

बाँके । नेपाल नागरिक उड्यन कार्यालय ताल्च राराका प्रमुख श्री कृष्ण रिजालका अनुसार माैसममा केही सुधार भएका कारण आज समिट र तारा यएरले उडान भरेका छन् ।
बिभिन्न कामकाे शिलशिलामा गन्तब्यमा पुग्ने नेपाल गन्ज र मुगुका बिरामी तथा यात्रुहरूले यात्रा गर्न पाउँदा खुशी भएका छन् ।
कर्णाली तथा सुदुरका जिल्लाहरूमा बिगत ६ दिन देखिकाे अबिरल बर्षाका कारण बाक्लाे हुस्सु र कुहिराे लागेर जताततै माैसम बिग्रियर हवाई उडान अवरुद्ध हुँदै आएकाे थियाे ।
“गाडी बाट जाउँ भने बाटाे खराब, प्लेन आउदैन ६ दिन देखि सुर्खेत जान तयार भएकाे थिए बल्ल आज माैसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाईयाे खुशी लाग्याे छायाँनाथ रारा नगरपालिका गमगढी निवासी नाैलासिंह नेपालीले बताए ।

उडान नभएपछि ६ दिन देखी यात्रुहरू मुगु र नेपालगञ्ज विमानस्थलमा रोकिनु परेको थियो। माैसमकाे सुधार सँगै उडान सुचारू हुँदा हवाई यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य माल सामान पनि ढुवानी हुने बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]