२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धेरै पानीपुरी खाँदा पखालाको खतरा पखालाले शरीरमा कमजोरी हुने

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २५, २०८१

काठमाडौं । पानी पुरीलाई बाटोमा पाइने सबैभन्दा स्वादिष्ट खानेकुरा मानिन्छ । पानीपुरीको नाम सुन्ने बित्तिकै धेरैको मुखमा पानी आउँछ । तर, वर्षात्‌को समयमा पानीपुरी खानु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

यसको सेवनले पखाला लाग्ने जस्तो समस्या हुन सक्छ । विस्तारमा जानौं– वर्षात्‌मा पानीपुरी खाँदा पखालाको खतरा बढ्छ । पखालाले शरीरमा कमजोरी ल्याउन सक्छ ।

वर्षातको समयमा पानीपुरी खानु पेटका लागि पनि नोक्सानदायक हुन्छ । यसले कब्जियत तथा ग्यासको समस्या पनि हुन सक्छ । यसले पाचनप्रणाली खराब गराउँछ ।

पानीपुरी खाँदा आन्द्रा सुन्निनुका साथै पेटमा दुखाई महसुस हुन सक्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कम गराइदिन्छ । जसले गर्दा वर्षात्‌को समयमा पानीपुरी खानु स्वास्थ्यका लागि घातक सावित हुन्छ ।

पानीपुरी खाँदा भोक कम लाग्न सक्छ । जसले गर्दा तपाईं अन्य स्वस्थकर खानपान धेरै गर्नुहुन्न र शरीरमा पोषक तत्वको कमी हुन थाल्छ । यसले मौसमी रोगबाट जोगिन गाह्रो हुन्छ ।

त्यसैले पानीपुरी लगायत बाटोमा पाइने खानेकुरा विशेषगरी वर्षात्‌‌को समयमा नखानु नै उपयुक्त हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]