२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँकेमा धान रोपिरहेका दुई महिलाको चट्याङ लागेर मृत्यु एक महिला घाइते

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ २६, २०८१

बाँके । चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते हुनु भएको छ ।

उहाँको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका तीनै जना महिलालाई प्रहरीले तत्काल उपचारका लागि कोहलपुर पुर्‍याएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!