२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काेशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई तेह्रथुममा कालो झन्डा

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ २६, २०८१

 

तेह्रथुम । काेशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई तेह्रथुम सदरमुकाम म्याङलुङको जिरिखिम्ति बजारमा कालो झण्डा देखाइएको छ । कोशी नामले आम प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पुन नामांकनको माग राख्दै आन्दोलन गर्दै आएको छ ।

आन्दोलनकै क्रममा आज बुधबार तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन् । सो क्रममा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । विरोध प्र्रदर्शनपछि आयोजित कोणसभामा लाजेहाङ फोर्सको कमाण्डर धनेन्द्र सुब्बालगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले कोशी नाम खारेजी नभएसम्म आन्दोलन बढ्दै जाने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!