२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

एमालेका अध्यक्ष ओलीले कसम खाएर पनि धोका दिनु भो प्रधानमन्त्री : दहाल

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ २६, २०८१

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।

माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘केही भएको छैन, तीन नेता बस्ने कुरा छ भनेपछि प्रधानमन्त्रीले शेरबहादुर देउवासँग सोध्नुभयो, उहाँले सहमति भइसक्यो, सरी भन्नुभयो ।’

एमालेसँग गठबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भने, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिए पनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’

उलने कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भए पनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताएका थिए ।

प्रचण्डले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताएका थिए । उनले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको एक सांसदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!