२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ट्रकको ठक्करबाट एकजनाको मृत्यु ठक्कर दिने गाडी र व्यक्ति प्रहरीद्वारा पक्राउ

Logo
रोशन निधी प्रकाशित बुधबार, आषाढ २६, २०८१

 

बारा । निजगढ नगरपालिका वडा नं.११ उन्नासी पुल स्थित पुर्व पश्चिम लोकमार्गमा ट्रकले नाम थर वतन नखुलेको अंन्दाजि वर्ष ५० को पुरूष व्यक्तिलाई ठक्कर मारी फरार भएको र घाईतेलाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारा पठाईएको थियो स्वास्थ्यमा सुधार नभई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारामा मिति २०८१/०३/२३ गते राती अंन्दाजि १:०० बजेको समयमा उपचारको क्रममा निजको मृत्यु भएको र सुक्ष्म अनुसन्धान पश्चात उक्त खटनामा संलग्न रहेको सवारी साधन ना ८ ख-३९७५ नम्बरको ट्रक तथा चालक सर्लाही जिल्ला बागमति नगरपालिका वडा नाे.५ बस्ने अन्दाजी बर्ष २९ कोअनिश खरेल समेतलाई पत्ता लगाई खोजतलास गरी मिति २०८१/०३/२६ गते नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट सवारी ज्यान सम्बन्धि कसूर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!