२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

देशभर मनसुन सक्रिय शनिबारसम्म पानी पर्ने धरै ठाउँमा धेरै ठाँउमा पहिरोको जोखिम

Logo
(ABC-SANCHAR) प्रकाशित बिहिबार, आषाढ २७, २०८१

काठमाडौं । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परिरहेको मौसमविद गोविन्द झाले बताउनुभयो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ । महोत्तरीमा १ सय ४३ दशमलव ४ , गोरखामा १ सय १० दशमलव ८ , पर्वतमा ८८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै नवलपरासी, लम्जुङ लगातका जिल्लामा पनि पानी पररहेको छ । मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र हिजो रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले पर्सि शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।

पर्सि बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जलवायु विपत्विज्ञ धर्मराज उप्रेतीले बताउनुभयो ।

उहाँकाअनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले हिजो निकालेको बुलेटिन अनुसार नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला भने न्यून जोखिममा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!