२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बीमा नै वास्तविक रूपमा विपदको उचित व्यवस्थापन गर्नुपर्ने सरोकारवालाको जोड

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

दाङ । भालुवाङ मानवीय जीवनमा अनेकौं किसिमका प्राकृतिक विपत्तिहरु आइपर्न सक्छन् । आगलागी, भूकम्प, वाढी पैह्रोजस्ता प्राकृतिक विपदबाट असंख्य मानिसहरुको जीवनमा कतिखेर के आइपर्ने हो, केही भन्न सकिंदैन । कैयौं घाईते र अपांग भएर बस्नुपरेका र कैयौंले मृत्युवरणसम्म गर्नुपरेका थुप्रै उदाहरण हामीलाई थाहा छ । अर्बौंको सम्पत्ती नोक्सान भएपछि मानसिक सन्तुलन समेत गुमाउनेहरु पनि हामीकहाँ छन् । चल–अचल सम्पत्तीको हानी नोक्सानीले मानिसलाई कतिखेर बहुलाएर हिंड्नुपर्ने हो, त्यो पनि थाहा हुँदैन ।

 

चरम सुखसयलकाे मानवीय जीवन कतिबेला कराेडपतिबाट सडकमा राेडपति बनाउने हो, भन्नेकुरा कसलाई के थाहा ? केहीवर्ष अगाडि भूकम्पले नेपालीहरुलाई सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नसक्ने पाठ सिकाएको छ । आपत विपदमा कसरी एकतावद्ध भएर पीडितको उद्धार गर्न सकिन्छ, भन्नेकुरा पनि भर्खरै मात्र तराईको बाढी र डुवान अनि पहाडमा गएको बाढी पैह्रोको समस्याले प्रमाणित गरेको छ । यस्ता विपदमा तत्कालको लागि राहतको कार्यक्रम प्रभावकारी भएपनि दीर्घकालीन रुपमा भने उठ्नै नसक्ने गरि थिचिदिन्छ ।

परिवारको सदस्य मात्रै होइन, भौतिक धन सम्पत्ति समेत गुमाउँदाको अवस्था कस्तो होला ? आफ्नो अभिभावक गुमाउने कलिला बालबालिकाको भविष्य कस्तो होला ? उनीहरुको जीवन कसरी सुरक्षितसाथमा अगाडि बढ्ला ? यस्ता गम्भीर प्रश्नहरु हाम्रो मानसपटलमा खेलिरहेका छन् ।

सरकारी तथा गैरसरकारी रूपमा खुलेका विभिन्न संघ संस्थाहरुले केही सहयोग गरे त ठिकै छ । नभए कसरी जीवन चलाउने ? कहाँ जाने ? के गर्ने ? कसको सहारा खोज्न जाने ? यस्ता प्रश्नहरुको जवाफ एउटै छ, ‘बीमा’ । बीमा नै जिवनको सहारा हो । बीमालेखमा उल्लेख गरेको प्रक्रिया पूरा गरेपछि दाबी र हक सहजैरूपमा प्राप्त गर्न सकिन्छ । कहीँ कतै कसैको आश र भरमा वर्षौं कुर्नुपनि पर्दैन ।

बीमा कार्यक्रमहरुले हरेक जोखिमहरुबाट हुनसक्ने सम्भावित हानी नोक्सानीबाट सुरक्षित गर्दछ । जीवन बीमा होस वा निर्जीवन । यस्ता बीमा योजनामा सहभागि भएपछि बीमाले हाम्रो जीवनमा आइपर्ने समस्या र हानी नोक्सानी आर्थिक सुरक्षाको ग्यारेन्टी प्रदान गर्दछ । साथै आफ्नो लगानी र परिवारको भविष्यलाई सुरक्षित गर्दछ ।

सरकारी ऐन नियम अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।

विशेषगरी अकल्पनीय आपद विपदमा बीमाको भूमिका महत्त्वपूर्ण रहने देउखुरी भालुवाङमा एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शहरी विपद तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना (सुपर), यूएनडिपी, यूनिसेफ, यूएनवुमन र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार दाङको राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङमा आयोजना गरेको विपदमा बीमा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् ।

उनीहरूले विभिन्न किसिमका विपदबाट हुने क्षति कम गर्न सरकार तथा विभिन्न संघसंस्थाले दिने राहतले क्षणिक राहत भएपनि दिर्घकालिन राहत प्राप्त गर्न र क्षति न्युनीकरण गर्न तथा राज्यको भार कमगर्न बीमा नै महत्त्वपूर्ण हुने उनीहरूको दाबी थियो । त्यस्तै उनीहरूले ३ तहकै सरकारले त्यस तर्फ ध्यान दिन नागरिकहरूलाई सुसूचित गर्नुपर्ने बताएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेलको अध्यक्षता एवम् मधुवन नगरपालिका, बर्दियाकि उपमेयर अनिता चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक समीर प्रताव सिंह, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पूर्णबहादुर थापा, वरिष्ठ कार्यक्रम अधिकृत चक्र बम लगायतका वक्ताहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरपालिका, राप्ती र गढवा गाउँपालिका, लमही नगरपालिका, प्रदेश मन्त्रालयका विपद फोकल पर्सन, रेडक्रसकर्मी तथा पत्रकार गरि तीन दर्जनभन्दा धेरैको सहभागीता रहेको थियो । भने कार्यक्रमको सञ्चालन युनिसेफ सुपर परियोजना संयोजक सुवास ज्ञवालीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!